Logo

उपत्यकाबाट बाहिरिने सवारीहरुले आजदेखि अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने



काठमाण्डौ,असोज ९ । काठमाडौँबाट दशैँ मनाउन उपत्यकाबाट बाहिरिने सवारीहरुले आजदेखि अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएको छ ।

खचाखच यात्रु भरेर काठाडैँबाट बाहिरिने बसहरु धेरै भार र तिब्र गतिका कारण दुर्घटनामा नपरुन् भन्दै सरकारले काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनले आजदेखि अनिवार्य यान्त्रिक परीक्षण गराउन निर्देशन दिएको हो । रुट परमिट लिने बेला यान्त्रिक परीक्षण अनिवार्य गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनु्सार यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुको समन्वयमा हुनेछ ।

मन्त्रालयका अनुसार ‘यो नियम सबै प्रकारका सार्वजनिक सवारी साधन र भाडामा प्रयोग गरिएका निजी गाडीहरुमा आजैदेखि लागू हुने छ ।’

मन्त्रालयले लामो दुरीका सवारी साधनमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्ने गरी राख्नुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर र छतमा बसेर यात्रा गर्न कडाई गरेको छ ।

सवारीले अटेरी गरेमा ततकाले कारवाही गरिनेछ । जसका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य–मुख्य नाकामा सवारी साधनहरुको चेक जाँचको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता