Logo

साहित्यकार तथा गायक स्व शेरबहादुर अधिकारीका २ कृति लोकार्पण



काठमाण्डौं,असोज ८ । साहित्यकार तथा गायक स्वर्गिय शेरबहादुर अधिकारीका २ कृति लोकार्पण भएका छन् । शनिबार सिभिल अस्पातलको सभा कक्षमा आयोजित कार्यक्रममा शेरबहादुर अधिकारीका रचना र सम्झना, विश्रिन्खलित सपनाहरु कबिता संग्रह गरी दुई कृति लोकार्पण भएको हो ।

शारदा शेर स्‍मृति सामाजिक उत्थान प्रतिष्ठान बाट प्रकाशन भएको उक्त पुस्तकमा स्वर्गिय अधिकारीका रचनाहरुलाई संग्रह गरिएको प्रकाशकले जनाएका छन ।

कार्यक्रममा उपस्थित बिशिष्ठ ब्यक्तीहरुले अधिकारीलाई प्रगतीशिल अग्रगामी चेतना भएको र समाजमा जुन बर्ग उत्पिडनमा छ शोषणमा छ त्यस्ता ब्यक्तीहरुको आवाज बनेर सदैव कलमका माध्यमबाट उजागर गर्ने एउटा सशक्त ब्यक्ती रहेको बताए ।

समारोहमा सम्बोधन गर्दै छोरी शोभा अधिकारीले “बांच्न मन छैन नि हे बाबा तिमी सँगै लैजाउ मलाई” भन्दै गीत गाउँदा उपस्थित सबैको आँखा रसाएका थिए ।

२०१८ साल माघ १५ गते जन्मिएका स्वर्गिय शेरबहादुर अधिकारीको २०७८ साल भदौ ३० गते कोरोना संक्रमित भई ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता