Logo

बागमती प्रदेश स्तरीय कराते हुने



काठमाडौं, असोज ६ । नेपाल सितोरियो कराते संघ, शाखा डोजो भारदेउको आयोजनामा कोन्ज्योसोम कप बागमती प्रदेश स्तरीय कराते प्रतियोगिता असोज १४ गते हुने भएको छ ।
प्रतियोगितामा विभिन्न १३ जिल्लाका ५ सय ५ खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख प्रशिक्षक दिलबहादुर घलानले जनाएका छन् । कुमुतेतर्फ पुरुषमा ११ र महिलामा ९ गरी १९ स्पर्धामा खेल हुनेछ । पुरुष÷महिलाको एकल कातामा पनि खेल हुनेछ । एकदिने प्रतियोगिताका खेलहरु कोन्ज्योसाम गाउँपालिका– ५ भारदेउस्थित गुप्तेश्वर आधारभूत विद्यालयमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता