गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको उपचारका क्रममा निधन
काठमाण्डौं,असोज ३ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर ग म्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ ।
५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेपछि उनी गम्भी र घाइ ते भएका थिए । । त्रिवि शिक्षण अस्पताल उपचारका क्रममा मृत्यु भउको हो । उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गो ली लागेको थियो ।
उनको गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरुमा कडाईँ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रातो टिर्सट र जिन्स लगाएको र मोटरसाइकलमा आएका व्यक्तिले मोहम्मदलाई गोली प्रहार गरेका थिए ।