Logo

सर्वोच्चमा जाने तयारी गरेका चोलेन्द्रलाई गठबन्धन सरकारले सरकारी निवासमै राख्यो ‘नजरबन्दमा’



काठमाण्डौं,असोज २ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किन दिइएको छैन । आइतबार सर्वाेच्च अदालत जाने बताएपछि राेक्न बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर जबरालाई निवासबाट निस्कन रोक लगाइएको हो ।

जबरा सर्वाेच्च फर्कने तयारी गरेपछि उननलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरु अदालत परिसरमा धर्ना दिएका छन् भने बाक्लो रुपमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।

शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको सांसदको कार्यालय नै सकिएपछि जबरा आइतबार सर्वाेच्च अदालत आउने बताएका थिए ।

जबरााविरुद्ध १ फागुन २०७८मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो। दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए।

महाभियोगबारे प्रतिनिधिय सभाको महाभियोग सिफारिस समितिले छानबिन गरेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । समितिको बहुमतले जबराविरुद्ध महाभियोग लगाउन सिफारिस गर्दै शनिबार प्रतिथवेददन बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता