Logo

नवौं राष्ट्रिय खेलकुदको ट्रफी सुपमा



धनगढी,असोज १ ।  गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सुदूरपश्चिम प्रदेशको धनगढी रंगशालामा शनिबार प्रदर्शन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री गोविन्द बोहरा, सुदूरपश्चिम खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक सिंह, सुदूरपश्चिमका ९ जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष, खेलाडी, प्रशिक्षक, सुरक्षाकर्मी, रनिङ ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्ट, सदस्यहरु दीपक श्रेष्ठ, मिरा राई र अरुणा शाहीलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको हो ।

बृहत राष्ट्रिय खेलकुदका लागि पहिलो पटक रनिङ ट्रफी निर्माण गरिएको हो । ट्रफीलाई अन्य ५ प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र एपीएफको मुख्यालयमा प्रदर्शनका लागि लगिने छ भने अन्तिममा नवौं राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल पोखरा पु¥याइने छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता