Logo

मिटरब्याजी पीडितको आन्दोलनमा ई. केसीद्वारा ऐक्यवद्धता



काठमाण्डौं,भदौ ३१ ।  बिगत केही दिनदेखि माइतीघरमण्डलमा आन्दोलनरत मिटरब्याज पीडितहरुको अनसन र धर्ना कार्यक्रममा विभिन्न संघसंस्थाले ऐक्यवद्धता जनाउने क्रम जारी छ ।

यसैक्रममा आज आगामी मंसिरमा हुने निर्वाचनका लागि काठमाडौं–७ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका ई.किरण केसीलगायत नागरिक समाजका अगुवाहरुले ऐक्यबद्धता जनाएका हुन् ।

नेपालको राष्ट्रिय झण्डासहित माइतीघर अनसनस्थानमा पुगेर केसीले ऐक्यबद्धता जनाएका हुन् । उनी अनसनकर्तासँगै केहीबेर भुईमा बसेर समस्यासमेत सुनेका थिए ।

अष्ट्रेलियाबाट केही दिन अघि मात्र नेपाल आएर एयरपोर्टबाटै उम्मेदवारी घोषणा गरेका ई.केसीले मिटरब्याजी पीडितहरुको पक्षमा आफ्ना धारणा समेत राखे ।

मिटरब्याजी पीडितको आन्दोलनमा ऐक्यवद्धता जाहेर गर्दै ई.केसीले उक्त समस्या उनीहरुको मात्रै नभएर पुरै नेपालीको समस्या भएको टिप्पणी गरे । यसको समाधान सरकारले तत्काल गर्नुपर्ने उनको भनाइ थियो । उनले सरकारले माग पुरा नगरेर किसानहरुलाई दोस्रोपटक सडकमा आउन बाध्य पारेको भन्दै उनले भने,“राज्यलाई किसानको समस्या थाहा हुँदाहुँदै पनि मौन बसेको छ ।” यसबारे सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा उनले जोड दिए । सम्पुर्ण राजनीतिक दलहरुलाई मिटरब्याजी पीडितहरुको समस्या मनन गरे सहयोग गर्न समेत उनले आग्रह गरे । केसीले आगामी निर्वाचनमा असल नेतृत्वलाई छानेर देश निर्माणमा सहयोग गर्न मनदातासँग आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता