Logo

गायक सानु के.सी.को दशैं बिशेष गीत “दशैँ रमाइलो” बोलको भिडियो सार्वजनिक ( भिडियो सहित )



काठमाण्डौं,भदौ ३१ । लोक तथा दोहोरी गायक सानु केसी को दशैं गीत “दशैँ रमाइलो” गीतको भिडियो सार्वजनिक भएको छ ।

अनामनगर स्थित संवाद डबलीको हलमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बिमोचन कार्यक्रममा प्रमुख अतिथि बहादुर सिंह लामाले सम्पूर्ण कलाकारको एकताले नेपाली लोक दोहोरी क्षेत्रले उच्च गति लिएको धारणा राखे । शिवनारायण जोशी, राजु परियार, रामहरी भण्डारी, चन्द्रमणि गौतम, रामकुमार नेपाली भीमसेन खतिवडा लगायतको उपस्थिती रहेको थियो ।

गीतमा सानु के.सी., जिबन खतिवडा र स्मृति गौतमको सुमधुर स्वर रहेको छ । त्यस्तै गीतमा गायक केसी ले संगीत भरेका हुन् भने शब्द जिबन खतिवडाको रहेको छ ।

भिडियोमा भुवन चौलागाईं, लक्ष्मी दर्नाल, प्रविन खत्री, करिष्मा कुँवर, रामकृष्ण घिमिरे र मनोज घोरासैनीको अभिनय देख्न सकिन्छ ।
निर्देशन तथा कोरिग्राफी निरेन श्रेष्ठको रहेको छ भने छायांकन मुकेश हुमागाईं र सम्पादन बिनोद बमले गरेका छन् । गीतलाई जुनतारा इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

कार्यक्रममा “दशैँ रमाइलो” बोलको गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै अग्रज कलाकार तथा पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता