Logo

केपी ओलीलाई भ्रष्टाचारीको आरोप लगाउँदै प्रचण्डले भने ‘अब उनलाई चैनसँग बस्न दिन्न’



काठमाण्डौं,भदौ ३१ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार गर्दिन भन्ने नेकपा एमालेका अध्यक्ष केपी ओली भ्रष्टाचारी भएको आरोप लगाएका छन् ।

बिहिबार राजधानीमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

ओलीले प्रधानमन्त्री हुँदा ‘म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भने पनि साइनबोर्ड झुण्ड्याएर भ्रष्टाचार मात्र गरेको प्रचण्डको आरोप रहेको छ ।

‘हामीले प्रधानमन्त्रीहरूले भन्ने गरेको सुनेका छौँ । म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ, भन्ने साइनबोर्ड, टाँग्ने अनि त्यो साइनबोर्डभित्र भ्रष्टाचारबाहेक अरु केही गर्दै नगर्ने, के कारणले यो भइरहेको छ रु यो व्यक्तिको मात्रै दोष हो कि, प्रणालीमा कतै खोट छ भन्ने कुरा सबैले विचार गर्नुपर्छ’ प्रचण्डले भने ।

‘प्रणालीमा सुधार गर्न आवश्यक भएको बताएका उनले यस्तो प्रणाली जसले भ्रष्टाचार गर्नेलाई ठाउँ नदियोस् भन्ने प्रचण्डको भनाई रहेको छ ।

माओवादी रहँदासम्म, बुर्जुवा, दलाल, नोकर शाह र भ्रष्टहरुलाई चैनसँग बस्न नदिने बताएका प्रचण्डले एकथरीलाई माओवादी, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रणाली र सबैले अधिकार पाउनुपर्छ भन्नेकुरा मन नपरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता