Logo

प्रसङ्ग त्यागको र पार्टी पुनर्निर्माणको : मनऋषि धिताल ( बिचार )



काठमाण्डौ,भदौ ३० ।   कर्णालीको क्रान्तिकारी आन्दोलन र जनताले अहिले केही नया “सर्प्राइज” को प्रतिक्षा गरिरहेको र नया “उपहार” खोजिरहेका बेला कर्णालीका दुइ जनप्रिय क्रान्तिकारी नेताहरु कमरेड गजेन्द्र महत र कमरेड बिमला के सीले आफुहरुले अबको पाच बर्ष पार्टीको अबिभावकत्वो गर्ने घोषणा गरेर पार्टी पुनर्निर्माण र जनतालाई फरक हिसाबले पुनर्संगठित गर्ने अभियानको सुरुवात गर्नु भएको छ।
उहाहरु दुवै कर्णालीको क्रान्तिकारी पार्टी भित्र मात्रै होइन जनतामा पनि स्थापित र जनताको भरोशाको नेता हुनुहुन्छ । उहाहरुलाई आसन्न चुनावमा उम्मेदवार बन्न र जनताबाट लोकप्रिय मतले चुनिएर आउन कुनै बाधा र अफ्ठ्यारा छैनन् र थिएनन् । तर पनि कर्णालीका जनताको भावनालाइ नया ढंगले सम्बोधन गर्न र नेत्रित्वोको नया लस्करलाइ अबिभावाकत्वो गर्न उहाहरुले यो चुनावमा आफुहरुले पार्टीलाइ नया उर्जा सहित संचालन गर्ने तर आफुले उम्मेदवारी नदिने घोषणा गर्नु भएको छ।
नेत्रित्वो निर्माण र कार्न्तिकारी पार्टी पुनर्संगठित गर्ने यो एक नमूना हुनसक्छ। यो नया परिवेशको र नया त्यागको नमुना पनि हो । पार्टी मुख्य तत्वो हो। क्रान्तिकारी पार्टी र नेतृत्वको कुशल दस्ताले अबिभावाकत्वो गर्यो भने “चुनाव” “आन्दोलन” वा “युद्द” जे सुकै हाक्दा पनि पार्टी परिवार र जनतामा नया उर्जा संकेन्द्रित हुन्छ। त्यो उर्जाले हरेक मोर्चामा जनतालाई बिजयी बनाउछ।
आउनुहोस अहिलेको समयको त्यागलाइ उच्च सम्मान गरौ। र, उहाहरुले निर्माण गर्न चाहेको पदचापलाइ पछ्याउदै जनताको सेवामा जुटौ। संसदीय मोर्चा नै सबथोक हो र आफ्नो व्यक्तिगत भाग्य र भबिष्यको सुनिश्चितता गर्ने अन्तिम थलो संसद नै हो भन्ने मोह जालमा पनि नफ़सौ।
समाज बिज्ञानको प्रयोगशालामा जनताले हेर्न चाहेको नया कला पनि बुझौ। जनताले सुन्न चाहेको नया संगीत र कोर्न चाहेको नया चित्र पनि बेलैमा बुझौ। नया संगीत भित्र घुसेर बज्न खोजेको भ्रमपूर्ण धून पनि चिनौं र नया चित्र भित्र घुस्न खोजेको भ्रमपूर्ण रंग पनि बुझौ। जनतालाई फराकिलो नया क्यानभास उपलब्ध गराएनौ भने भोली हाम्रो समाजको बिरूप दृश्य हेरेर सबैले पछुताउनु पर्ने छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता