Logo

प्रधानमन्त्री देउवा र चिनियाँ नेता लीबीच सिंहदरबारमा भेटवार्ता



प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको तीन दिने औपचारिक भ्रमणमा आएका चीनको राष्ट्रिय जनकङ्ग्रेस सभामुख ली चाङ्सुबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार साँझ दुईजनाबीच भेटवार्ता भइरहेको छ।

करिब १०० जनाको टोलीसहित नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टीका तेस्रो वरीयताका नेता मंगलबारदेखि नै उच्चस्तरीय राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन्।

उनले सोमबार सभामुख अग्नि सापकोटासँग भेटवार्ता गरेका थिए। दुई देशका संसदबीच त्यस अवसरमा ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर पनि भएको थियो।

लीले मंगलबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका छन्।

त्यस्तै उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि बुधबारै भेटवार्ता गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता