Logo

गौतम र राई सम्मानित



काठमाडौं, भदौ २८  ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुद पत्रकारितामा एनएसजेएफको भूमिका अहम रहेको बताउनु भएको छ ।  नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २७ औं स्थापना दिवसको अवसरमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नु हुँदै उहाँले नेपाली खेलकुदलाई गतिशील बनाउन खेलकुद पत्रकारले उल्लेखनीय योगदान गरेको भन्दै प्रंशसा समेत गर्नु भयो ।

खेलकुदको संवाहकको रुपमा रहेको यो मञ्च र नेपाली खेलकुदको सञ्चार गरिदिने महत्वपूर्ण जिम्मेवारी तपाईहरुले निर्वाह गर्दै आइरहनु भएको छ । नेपाली खेलकुदमा रहेका प्रतिभालाई अघी बढाउने कुरामा होस्,खेलकुदलाई गतिशिल बनाउन यहाँहरुले गर्नु भएको योगदानको प्रशंशा गर्न चाहन्छु ”, राखेप सदस्य सचिव घिसिङले भन्नुभयो । एनएसजेएफ खेल पत्रकारिता पुरस्कारबाट वरिष्ठ पूर्व खेलकुद पत्रकार जयदेव गौतम र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट गीता राई सम्मानित हुनु भएको छ ।

सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी  (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिव पवन आचार्य र मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भयो । खेल पत्रकारिता अवार्डस्वरूप गौतमलाई २५ हजार रुपैयाँ प्रदान गरिएको छ । स्व. सुमन भोम्जन युवा खेलकुद पत्रकारिता अवार्डबाट पुरस्कृत राईलाई ल्यापटप प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता