Logo

धौलागिरीका श्रष्ठाहरुलाई सम्मान



काठमाण्डौं,भदौ २६ । “धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी श्रष्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” सम्पन्न भएको छ । शनिबार काठमाण्डौमा आयोजित कार्यक्रममा बिभिन्न बिधाबाट समाजिक क्षेत्र साहित्य कला र खेलकुदमा योगदान दिएका बिशिष्ठ ब्यक्ति श्रष्ठाहरुलाई सम्मान गरिएको हो ।

साहित्य सम्मान तर्फ स्व. कवि भुपी शेरचन, खेलकुद सम्मान तर्फ राष्ट्रिय महिला भलिबल कि कप्तान अरुणा शाही, पत्रकारिता सम्मान तर्फ नारायण अमृत, धौलागिरी विशेष सम्मान तर्फ प्रकाश सपूत, धौलागिरी युवा सम्मान तर्फ प्रल्हाद सुबेदी, देवि घर्ती मगर, दिपक शर्मा र आशिष अबिरल, धौलागिरी साधना सम्मान तर्फ वरिष्ठ संगीतकार बिबि अनुरागी र श्रष्टा सम्मान वरिष्ठ कलाकार प्रेमदेव गिरि सम्मानित भएका थिए ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रमको अध्यक्ष कृष्ण समीप सुबेदीको सभापतित्वमा भएको थियो । कार्यक्रममा धौलागिरी समाज नेपालका अध्यक्ष केदार आचार्य, धौलागिरी समाज नेपालका उपाध्यक्ष भक्तराज भुसाल, स्व. कवि भुपी शेरचन कि धर्मपत्नी कान्ति शेरचन, नेपाल राष्ट्र बैंकका म्यानेजर डिलाराम सुबेदी, वरिष्ठ कलाकार प्रेमदिप गिरि, बहुचर्चित कलाकारहरु बिमलराज क्षेत्री, श्रीकृष्ण बम मल्ल, वसन्त थापा, लक्ष्मी मल्ल, दुर्गेश थापा, प्रकाश सपूत लगायत अन्य चर्चित कलाकार र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा औपचारिक कार्यक्रम सचिब सुजन बराईलीले सञ्चालन गरेका थिए भने साँस्कृतिक कार्यक्रमको सञ्चालन सपना रोका र राजेश बर्देवाले सञ्चालन गरेका थिए । यस कार्यक्रममा पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” ले मिडिया संयोजकको भुमिका निर्वाह गरेका थिए । कार्यक्रममा उपाध्यक्ष राजन भुजेल बिश्वकर्माले स्वागत मन्तब्य राखेका थिए ।

“धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” मा बागलुङको नचरी, म्याग्दीको यानिमाया, पर्बत पाङको शिव पार्बती भजन र मुस्ताङको थकाली नाच सँगै थालीनाच, सालैजो, नौमती बाजा आदी सो कार्यक्रममका मुख्य आकर्षण थिए । साथै  कार्यक्रममा गीत संगीतको माध्यमबाट धौलागिरीलाई देश तथा बिदेशभर चिनाउन सफल कलाकार बिमलराज क्षेत्री, प्रकाश सपूत, देवी घर्ती, ईश्वर सिंह लगायतका चर्चित कलाकारहरुको प्रस्तुतीले दर्शकहरूलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता