सन्दीप लामिछानेका फ्यानका लागि आयो अहिलेसम्मकै सबैभन्दा ठूलो दुखद खबर

काठमाण्डौं,भदौ २३ । नेपाल क्रिकेट सङ्घले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ ।
सो सङ्घका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा आज जारी विज्ञप्तिमा सङ्घको कार्यसम्पादन समितिको निर्णयअनुसार लामिछानेउपर करणी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा सङ्घबाट निलम्बन गरिएको जनाइएको छ । लामिछानेविरुद्ध महानगरीय प्रहरीवृत्त गौशालामा जाहेरी परेको थियो ।
सन्दीप लामिछानेलाई पक्राउ गर्न काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी : नेपाली राष्ट्रीय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न काठमाण्डौ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
एक जना १७ वर्षीया बालिकामाथि ब ला त्कार गरेको आरोपमा अनुसन्धान गर्न उनको नाममा आज काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
‘मुलुकी अ प राध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २१९ को ‘जब र्ज स्ती क र णी गर्न नहुने’ कसूरमा निज सन्दिप लामिछाने उपर थप अनुसन्धान गर्नका लागि सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको,’ जिल्ला प्रहरी परिसर काठमाडौंले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एक जना १७ वर्षीया बालिकाले मंगलबार लामिछानेले गौशालाको एक होटमा लगि आफूलाई ब ला त्कार गरेको भन्ने उजुरी प्रहरी बृत्त गौशालामा दिएकी थिइन् ।
ती बालिकाको जाहेरीको आधारमा लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।