Logo

राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते शुक्रबारदेखि



काठमाण्डौ, भदौ २३ ।   नेपाल आईएफकेके संघको आयोजनामा चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष÷महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष घनश्याम श्रेष्ठले जनाएका छन् । पुरुषमा ४ तथा महिलामा ३ गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुने ब्रान्च चिफ प्रेम लामाले जानकारी गराए ।

कुल पुरस्कार राशी १ लाख ७५ हजार रुपैयाँ रहेको छ । प्रत्येक स्पर्धामा शीर्ष चार स्थान हात पार्नेले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता