आज निजामती सेवा दिवस, उत्कृष्ट कर्मचारीलाई सम्मान गरिंदै
![](https://gaunbeshi.com/wp-content/uploads/2022/09/karmachari-59b0d4a766bec8.55475371.jpg)
काठमाण्डौ,भदौ २२ । १९ औं निजामती सेवा दिवस आज मनाइँदै छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको हो ।
२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ ।
दिवसको अवसरमा आज बिहान ८ बजे सिंहदरबार परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति रहने छ । सो अवसरमा निजामती सेवाका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिने छ ।
यस वर्ष पनि सरकारले सर्वोत्कृष्ट कर्मचारीको छनोट गर्न सकेन । उत्कृष्ट निजामती पुरस्कार पदम कुमार श्रेष्ठ, दीपक प्रसाद खतिवडा, हरि प्रसाद ज्ञवाली, मुना शर्मा, प्रकाशराज पौडेल, शोभाखर रेग्मी, सन्तोष पौडेल, सचिन्द्र कुमार यादव, रुकु शर्मा पौडेल र महंगु लोधले पाउनेछन् । निजामती सेवा पुरस्कार भने ३० जनालाई प्रदान गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।