Logo

स्वतन्त्र उमेद्दवारी दिन ईन्जिनियर किरण केसी अस्ट्रेलियाको जागिर छाडेर नेपालमा



काठमाण्डौं,भदौ २१ । मङ्सिरमा हुन लागेको संसदीय चुनावमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका किरण केसी नेपाल आएका छन । उनि बिगत ४ वर्ष देखि अस्ट्रेलिया बस्दै आएका थिए । उनले उतै बाट उम्मेद्वारी घोषणा गरेका थिए ।

आज ठुलो समर्थकका बिच उनले एयरपोर्टमा वक्तब्य दिए । केहि मतदाता,शुभचिन्तक र बालाजुबासीहरुले उनलाई फुलमाला र नेपालको झण्डा ओढाएर स्वागत गरेका थिए ।

उनलाई समर्थकहरुले माछापोखरी चोकबाट उनको घर सम्म नारा लगाउदै पुराएका थिए ।

माछापोखरी चोकको धुवाँ धुलो देखाउदै उनले ‘ अस्ट्रेलियामा आरामको जिन्दगी बाँचीरहे कै  तर यहाँ म आइपुग्ने बित्तिकै धुलो खानु पर्यो । तर म अब काठमाण्डौं ७ लाइ धुलो मुक्त सहर बनाउछु , धुलोयुक्त हावामा सास फेर्नु एउटा अपराध हो तर हामीलाई धुलो खाँदा खाँदा धुलो खानु केहि होइन भन्ने परिसक्यो , यो राज्यले गरेको अपराध हो ’ ।

इन्जिनियर किरण केसी अस्ट्रेलियामा व्यवसाय गर्दागर्दै नेपालको राजनीतिमा हाम फालेका छन । समग्र राजनीतिको शुद्धिकरण र काठमाण्डौं क्षेत्र नम्बर ७ को सुन्दरता फर्काउने उनको मुख्य लक्ष्य रहेको बताए ।

बालाजु बसन्तनगर हिले टोलका स्थानीयवासीले किरण केसीलाई उत्साहका साथ स्वागत गरे। उम्मेदवार किरण केसी २८ वर्षका हुन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता