Logo

कांग्रेसले सुरूमा १०० चाहिन्छ भनेको थियो, अब ८० सिटको वरिपरि कुरा मिल्छ: प्रचण्ड



काठमाण्डौं,भदौ २० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठवन्धनमा सीट बाँडफाँडको विषय अन्तिम चरण पुगेको बताएका छन् ।
सोमबार धनगढी पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै संघ र प्रदेशका सबै क्षेत्र एकै पटक सीट बाँडफाँड टुगिंने बताएका हुन् ।

दाबी आ-आफ्नो भएपनि सहमतिमै निष्कर्षमा पुगिने बताएका उनले सीट संख्या सबै एकैचोटि टुंग्याउने गरी सबै पार्टीका प्रतिनिधि लागि परेको बताए ।

आज बेलुका सम्म यसलाई अन्तिम रुप दिने कुरा भएको बताएका प्रचण्डले १०० सिटको दावी गरे पनि कांग्रेसले ८० सीटको वरिपरि पाउने सम्भावना बढेको बताए ।‘हामीले ६० भनेका छौं केही तलमाथि होला ।

समाजवादीको २५ वरिपरि होला,यसैलाई आधार बनाएर अहिले सबैजना बसेर टुंग्याउने छौं । मिल्न बाँकी भयो भने शीर्ष नेता बसेर टुंग्याउँछौं ।’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता