Logo

मेयर उपेन्द्र कार्कीको १०० दिन : कागेश्वरी मनोहरा नगरपालिकाले सार्वजनिक गर्‍यो यस्ता उपलब्धी



काठमाण्डौं,भदौ २० । कागेश्वेरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले १०० दिनको कार्यप्रगती सार्वजनिक गरेका छन । सोमबार कार्कीले पत्रकार सम्मेलनमार्फत सयदिनको कार्यप्रगति प्रस्तुत गरेका हुन् ।

शिक्षा श्वास्थ्य देखी खानेपानी र शहरी बिकासमा उल्लेख्य प्रगती गरेको पत्रकार सम्मेलनमा मेयर कार्कीले बताएका छन ।

आफ्नो १४ बुंदे कार्य प्रगती सार्वजनिक गर्दै
शिक्षामा
१ नगरपालिकाको शिक्षा ऐन २०७५ को संसोधन गरी शिक्षा ऐन २०२६ अनुकुल बनाइएको ।
२ एक शिक्षक एक ल्यापटप कार्यक्रम अन्तर्गत २०९ शिक्षकलाई ल्यापटप बितरण गरिएको
३ सामुदायिक बिद्यालयहरुमा दरबन्दी अभावलाई ब्यवस्थापन गर्न नगरपालिकाको आन्तरिक स्रोत बाट उच्च माबिमा बि आईसीटि र खेलकुद लगायत आवश्यक बिषयमा थप शिक्षकको ब्यवस्था गरिएको ।
४ कार्यपालिकाको पहिलो निर्णय बमोजिम बिद्यालयको गुणस्तर सुधारको सुरुवात इसीडी बाट गर्नेगरी कक्षाहरुलाई प्रविधी मैत्री र पुर्वाधारयुक्त बाल मैत्री बनाउने निर्णय अनुसार रातो बङला बिद्यालय सँग एमओयु गरी कार्य अगाडि भढाएको ।
५ संस्थागत बिद्यालयको दर्ता र नविकरण शुल्कमा लग्ने साविक रकममा २५ प्रतिशत रकम कम गरिएको ।
६ इसीडी सहयोगी कार्यकर्ता र बिद्यालय कर्माछारीलाई नगरपालिकाको आन्तरिक श्रोतबाट थप पारिश्रमिक प्रअलाई थप प्रोत्साहन भत्ता तथा सामुदायिक बिद्यालयका सम्पूर्ण शिक्षक कर्मचारीलाई दिवा खाजाभत्ताको ब्यवस्था गरिएको ।

स्वास्थ्य
१ मुलपानी अस्पातलको सेवा बिस्तार तथा प्रभावकारी बनाउन मेडिकल अधिक्रित लग्यायत थप जनशक्ती ब्यवस्थापनको कार्य अघी बढाइको
२ मुलपानी अस्पातललाई १५ शैयाको अस्पातल भावना निर्माणको लागि २० करोड रकम संघिय सरकारबाट बिनियोजन भई जग्गा लिजमा प्रकृया जिल्ला प्रशासन कार्यालय बाट निर्णय भएर कार्य अगाढी बढाइएको । जस्ता उल्लेख्य काम भएको जनाएको छ ।

त्यस्तै खानेपानी ब्यवस्थापन,शहरी बिकास,बिपद ब्यवस्थापन,फोहर मैला तथा बातावरण ब्यवस्थापन,उधमशिलता तथा क्षमता बिकास,खेलकुद,पर्यटन प्रवर्दन,सुशासन,उज्यालो नगर सुक्षित नगर,महिला बालबालिका तथा जेष्ठ नागरिक,योजना भौतिक पुर्वाधार,कृषि तथा पशुपालनमा काममा नगरपालिकाले उल्लेख्य प्रगती गरेको मेयर कार्कीले बताउनु भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता