Logo

स्कोलर्स होम क्वाटरफाइनलमा



काठमाण्डौं,भदौ २० । स्कोलर्स होम चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
स्कोलर्स होमले संस्कृतिलाई ३७–३४ ले पराजित ग¥यो । स्कोलर्स होमका एलेन छन्त्यालले १५ अंक जोडे । सोही स्पर्धामा एन्जल्स हार्टले एचएचसीएलाई ३८–३७, लोयल्टीले तिरुपतिलाई ४९–२६, रेडिअन्टले प्राण्जलीलाई ३८–१७, रिलायन्सले एपेक्स लाइफलाई ३९–२२ र भ्याली पब्लिकले लक्ष्मीपुरलाई ३२–२२ ले हराए ।

एचएचसीएका रिजन गुरुङले २४, लोयल्टीका निङमा शेर्पाले २४, रेडिअन्टका सागर लामिछानेले १४, रिलायन्सका कुन्साङ शेर्पाले १२ र भ्याली पब्लिकका इश्वर घलेले ८ स्कोर गरे ।

सिनियर ब्वाइजकै अन्य प्रतिस्पर्धामा किङडमले विन्डी हाउसलाई ६४–३९ तथा ग्रिनल्यान्डले फ्लोरोसेन्टलाई ५६–२३ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । किङडमका विष्णु तामाङले १२ अंक जोडे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता