Logo

एक घन्टामा पाँच प्रश्न सोधेर सकियो महाअभियोग समितिको बैठक, अर्को बैठक भदौ २५ गते बस्ने



काठमाडौं १९ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि छानविन गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक अब भदौ २५ गते बस्ने भएको छ ।

आज तेस्रो दिन बयान लिन बसेको समितिले जवरालाई एक घण्टामा ५ प्रश्न सोधेको थियो ।

निर्वाचनको तयारीका लागि दलका नेताहरू जिल्ला जिल्लामा जानुपर्ने भएकोले ६ दिन पर सारिएको एक सदस्य समितिले बताए ।

आजको बैठकमा जवरालाई पूर्वडीआइजी रञ्जन कोइरालाको विषयमा प्रश्न सोधिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता