Logo

कागेश्वरी मन्दिरमा शुरु हुँदै मेला गंगास्नान गरी मनाइने तयारी



काठमाण्डौं,भदौ १८ । भाद्र शुक्ल अस्टमीका दिन गंगास्नान गरी मनाइने कागेश्वरी मेला आईतबार शुरु हुँदैछ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ अन्तर्गत पर्ने गागलफेदिमा रहेको कागेश्वरी मन्दिरमा हुन लागेको गंगास्नान बारे जानकारी दिन आज पत्रकार सम्मेलन गरियो ।

६४ वटा ज्योतिर्लिङ मध्यको एक मानिने उक्त क्षेत्रलाई विश्वमाझ चिनाउन आवश्यक रहेको कारणले हुनलागेको गंगा स्नान बारे जानकारी दिन पत्रकार सम्मेलन गरेको बताए । काठमाण्डौ देखी पुर्वीउत्तरको पहाडी भागमा रहेको छ । समुद्री सतह देखी १८ सय मिटर उचाइमा रहेको उक्त मन्दिरमा एक झरना रहेको छ सोही झरनालाई आकाश गंगाको नामले उल्लेख गरिएको छ ।

सो मेलामा एक लाख दर्शनार्थीले स्नान पूजाअर्चना गर्ने अनुमान गरिएको छ ।हेर्नुहोस् भिडियो :-

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता