Logo

पूर्वराजा ज्ञानेन्द्रकी आमा रत्न राज्यलक्ष्मी देवीको आँखाको शल्यक्रिया



काठमाण्डौं, भदौ १६ ।  पूर्वराजा ज्ञानेन्द्रकी आमा रत्न राज्यलक्ष्मी देवीको आज आँखाको शल्यक्रिया गरिएको छ ।

९४ वर्षीय रत्नको सुदृष्टी आइ क्लीनिकमा मोतिविन्दूको शल्यक्रिया गरिएको हो । शल्यक्रियाका क्रममा पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज पारस, पूर्वयुवराज्ञी हिमानीलगायत राजपरिवारका सदस्यहरु क्लिनिकमा उपस्थित थिए ।

उपचारमा संलग्न डा. सुमन थापाले सहजरुपमा शल्यक्रिया भएको जानकारी दिँदै फेसबुकमा लेखेका छन् उमेर केवल संख्या हो, ९४ वर्षमा पनि ।

उहाँले मेरो कामलाई धेरै सहज बनाइदिनुभयो । मप्रति उहाँको भरोसाले मलाई धेरै प्रेरणा मिलेको छ । म धेरै आभारी छु ।

पूर्वरानी रत्न भने नारायणहिटीभित्रैको महेन्द्र मञ्जिलमा बस्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता