Logo

बालेनको आँखा काठमाडौं फन पार्कमा, २४ घण्टा भित्र कर नतिरे बन्द गरिदिने महानगरको चेतावनी



काठमाडौं, भदौ १५ । काठमाडौं महानगरपालिकाले प्रर्दशनी मार्गमा रहेको काठमाडौं फन पार्क प्रालिलाई कर तिर्न २४ घण्टाको समय दिएको छ ।

महानगरले आज बुधबार पार्कलाई २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो । तोकिएको समयमा कर नतिरे फनपार्क शिलबन्दी गरी असुल उपर गरिने चेतावनी समेत महानगरले दिएको छ ।

महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले पार्कलाई पत्राचार गरिएको पत्रमा भनिएको छ, ‘व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरको राजस्व विभागमा २४ घण्टा भित्रै बक्यैता र जरिवाना रकम तिर्न जानकारी गराइन्छ ।’फन पार्कले ७ वर्षदेखि कर तिरेको छैन’।

समाजकल्याण परिषद्को स्वमित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फनपार्क पार्क प्रालिले भाडामा भौतिक संरचनाहरु निर्माण गरेर खेल गतिविधि सञ्चालन गर्दै आएको छ । काठमाडौं फनपार्क नेपाली कांग्रेसका नेता एवं पूर्वश्रमराज्य मन्त्री टेकबहादुर गुरुङको कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता