Logo

चन्दले पूरा गरे चुनावी बाचा , गाउँपालिकाले घरमै गएर सामाजिक सुरक्षा भत्ता दिने 



सुर्खेत,भदौ १२  ।  सिम्ता गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले  चुनावमा गरेको बाचा पूरा गरेका छन् । निर्वाचनका दौरान आफू निर्वाचित भएपछि सामाजिक सुरक्षा भत्ता घरमै गएर दिने प्रतिबद्धता गरेका थिए ।
गाउँपालिकाको केन्द्रमा एउटामात्र बैंक छ , सबै वडा बाट सामाजिक सुरक्षा भत्ता लिन लाइन लाग्नुपर्ने सास्ती अब अन्त्य भएको गाउँपालिका अध्यक्ष चन्दले बताएका छन् ।
सुर्खेतको पुर्वी भेकमा रहेको सिम्ता गाउँपालिकामा ९ वटा वडा छन् । करिब पच्चीस हजार  जनसंख्या रहेको गाउँपालिकामा अब सामाजिक सुरक्षा भत्ता वितरण सहज हुने भएको छ ।
वडा नम्बर १ स्थिति बिक्रम हमालले गाउँपालिकाको निर्णयको स्वागत गर्दै बल्ल स्थानीय तह भएको महसुस गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता