Logo

एमालेले मंसिरमा हुने प्रतिनिधिसभा चुनावमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा अघि सार्ने निर्णय



काठमाण्डौं,भदौ ११ । नेकपा एमालेले मंसिरमा हुने प्रतिनिधिसभा चुनावमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गर्ने गरी चुनावी अभियान सञ्चालन गर्ने प्रस्ताव पारित गरेको हो ।

‘नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार निर्माण गर्ने प्रस्ताव पारित गरेको छ,’ केन्द्रीय सदस्य नीरज आचार्यले भने ।

शुक्रबारदेखि चलेको एमाले केन्द्रीय कमिटीको बैठक शनिबार सम्पन्न भएको छ । बैठकले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनलाई पारित गरिसकेको छ । त्यसैगरी बैठकले उम्मेदवारको मापदण्ड, सिफारिसको मिति समेत तोकेको छ ।

यसैबीच अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित बनेका नेताहरूलाई यसपटक दोहोर्‍याएर समानुपातिक उम्मेदवार नबनाउने पनि एमालेले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता