Logo

जनताको साथमा कांग्रेस अभियान शुरु बाग्लुङ जिल्लामा सत्तारले गरे उदघाटन



काठमाण्डौं,भदौ ११ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं जनताको साथमा कांग्रेस अभियानका प्रतिनिधी अब्दुल सत्तारले ‘जनताको साथमा कांग्रेस’ अभियानको कार्यक्रममा सहभागी हुनु भएको छ ।

शुक्रबार बाग्लुङको गलकोटमा आयोजित भेला तथा अन्तरक्रिया कार्यक्रममा सत्तार सहभागी हुनु भएको हो ।

जिल्लाका अगुवा नेता कार्यकर्ताहरुलाई मन्तब्य दिदै “बर्तमान परिस्थितीमा नेपाली कांग्रेसलाई चौतर्फी दवाव परेको छ स्थानिय चुनावको परिणामले दिएको मत र जनता सामु नेपाली कांग्रेसले उठाएको मुद्धाहरुलाई सरल तवरले बुझाउन सकिएन भने प्रतिकृयावादी अगाडि बढ्न सक्छन । गठबन्धन भएपनि यसपटक नेपाली काँग्रेसको बहुमतको सरकार बनाउने पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन रहेको त्यसैले कसै सँग खुट्टा नकमाउनुहोस्  जिल्लाका प्रत्येक गाउँ,वडा र टोल सम्म पुग्ने गरी पार्टीका एजेन्डा र धारणा राख्नुहोस ।” भन्नु भयो ।

आगामी संघिय र प्रदेश निर्वाचनको तयारीका क्रममा नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान शुरु गरेको हो ।

अभियान अन्तर्गत पहिलो चरणमा भदौ १० देखि २४ गते बीपी जयन्तीका दिन सम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुनेछ ।

कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरू हुनुभन्दा दुई दिन अगावै सम्बन्धित जिल्ला पुगेर अभियानलाई सफल बनाउन निर्देशन गरेको छ । केन्द्रीय प्रतिनिधिहरू सम्बन्धित जिल्लामा कम्तिमा पाँच दिनसम्म कार्यक्रमहरूमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता