Logo

मिस युनिभर्स नेपालकी डा. आयुष्नोभालाई चलचित्रबाट क्रिटिक्स अवार्ड



काठमाडौं,भदौ ८ । यतीबेला अन्तिम प्रतिस्पर्धाको तयारी हुँदै गरेको ‘मिस युनिभर्स नेपाल–२०२२’को फाईनलमा रहेकी डा. आयुष्नोभा ढुँगानालाई एउटा फरक शैलीको सफलता प्राप्त भएको छ । उत्कृष्ट ३९बाट विभिन्न राउन्ड हुँदै फाईलनमा पुगेकी डाक्टर अनुष्नोभा चलचित्र क्षेत्रमा पनि आबद्ध छिन् ।

दुई वर्ष अघि रिलिज भएको चलचित्र ‘डाक्टर खाते’बाट डाक्टर आयुष्नोभा ढुँगानाले स्कृप्ट सब टाईटल तर्फ क्रिटिक्स अवार्ड जितेकी छिन् । काठमाडौंमा सम्पन्न दोश्रो नेशनद इन्टरट्रेनमेन्ट अवार्ड २०२२ मा आयुष्नोभाले सबैभन्दा कम उमेरमा स्कृप्ट राईटिङ (सब टाईटल) लेखेर क्रिटिक्स अवार्ड हाँसिल गरेकी हुन् ।

पूर्व प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा आयुष्नोभाको अवार्ड उनी आमा तथा अभिनेत्री रोशनी केसीले ग्रहण गरिन् । यतीबेला आफु मिस युनिभर्स नेपाल २०२२ को क्लोज क्याम्पमा भएका कारण अवार्ड ग्रहण गर्न नसकेको जानकारी गराउँदै आयुष्नोभाले सो अवार्डले आफुलाई अघि बढ्ना अक्ष प्रेरणा जगाएको बताईन् ।

हाल प्रतिस्पर्धा गरिरहेका २० जना प्रतियोगी मध्य आयुष्नोभा मात्र डाक्टर हुन् । मिस युनिभर्स नेपालको फाईनलमा पुगेकी उनले चलचित्रको स्कृप्ट विधामा यतीबेला अवार्ड जितेर आफुलाई बहुमुखी प्रतिभाको धनीका रुपमा चिनाएकी छिन् । बँगलादेशबाट छाला रोग सम्बन्धि चिकित्सा अध्ययन गरेर नेपाल आएकी आयुष्नोभा सबैका लागि स्वास्थ्य अभियानका साथ मिस युनिभर्स नेपाल २०२२ मा छिन् । डाक्टरहरु पनि सौन्दर्य क्षेत्रमा कम छैनन भनेर प्रमाणित गर्दै नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा मिस युनिसर्भ मार्फत चिनाउन आफुले यो प्रतियोगितामा भाग लिएको आयुष्नोभाको भनाई छ ।

मिस युनिभर्स नेपाल २०२२ को चयन भदौ ९ गते साँझ हुने भएको छ । यो प्रतियोगिताको कोरियोग्राफी बरिष्ट अभिनेता तथा कोरियोग्राफर प्रशान्त ताम्राकारले गरिरहेका छन् । मिस युनभिर्स नेपालको बिजेताले नेपालबाट ७१ औं मिस युनिभर्स २०२२ मा भाग लिने छिन् । उनले मिस युनिभर्स नेपालको टाईटलसँगै क्राउन, १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने मिस युनिभर्स नेपालकी निर्देशक नग्मा श्रेष्ठले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता