Logo

वाइसीएलका अध्यक्षसहित केन्द्रीय सदस्यहरुले लिए शपथ



काठमाण्डौं,भदौ ७ । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसीएल नेपालको दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित नयाँ नेतृत्वले मंगलबार पद तथा गोपनीयताको शपथ लिएको छ । मंगलबार काठमाडौंमा आयोजित समारोहमा वाइसीएलका इञ्चार्ज रामप्रसाद सापकोटाले नवनिर्वाचित अध्यक्षसहित केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराए ।

यही भदौ ३ गते शुक्रबारदेखि सुरु भएको वाइसीएलको दोस्रो भेलाभदौ ५ गते आइतबार अबेर सम्पन्न भएको थियो । भेलाले वाइसीएलको अध्यक्षमा सुबोधराज शेर्पालीलाई निर्वाचित गरेको थियो । भेलाले ६१ सदस्यीय पदाधिकारी र तीन सय ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको इञ्चार्ज सापकोटाले जानकारी दिए ।

नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर गुरुङ, उपाध्यक्षमा गोगन मल्ल, मञ्जु बम, मिङ्माडन्डु शेर्पा, केहरसिंह कुँवर, ज्ञानेन्द्रबहादुर ढुङ्गाना, उमेश घोरासैनी छन् ।
यस्तै, महासचिवमा गणेश शाही, उपमहासचिवहरुमा पुष्प ओली, मीनबहादुर घर्ती, एबिराज राई, दिलबहादुर थापा, रतनबहादुर शाही र रेशम महरा छन् । त्यस्तै, सचिवमा हरि ढकाल, नवीन खड्कासहित ४५ जना रहेका छन् भने कोषाध्यक्षमा सन्तोष पनेरु निर्वाचित भएका छन् ।

आगामी मंसिर ४ गतेका लागि तय भएको संघीय तथा प्रदेशसभा निर्वाचनलाई भव्यरुपमा सम्पन्न गराउन तत्कालै जनपरिचालन तथा युवा परिचालनको कार्यक्रम सुरु गरिने वाइसिएलले जनाएको छ । संगठन विस्तार, हरेक वडा वडामा वाइसिएल तथा राजनीतिका अलावा सामाजिक सुधार र जागरणको क्षेत्रमा समेत काम गर्ने गरी भेलाले विशेष प्रस्ताव पारित गरेको उपमहासचिव पुष्प ओलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता