Logo

 कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान संचालन गर्ने बाग्लुङमा अब्दुल सत्तार आउँदै



काठमाण्डौं,भदौ ७ । नेपाली कांग्रेसले संघ र प्रदेशकाे चुनावलाई केन्द्रीत बनाएर ‘जनताको साथमा कांग्रेस’ अभियान संचालन गर्ने भएकाे । त्यसका लागि ७७ वटै जिल्लामा प्रतिनीधि खटाएकाे छ ।

भदौ १० गतेदेखि सुरू हुने उक्त अभियानका लागि पार्टीले केन्द्रिय सदस्य अब्दुल सत्तारलाई बाग्लुङ जिल्लाका लागि प्रतिनिधि खटाएकाे हो । वहाँ बुधबार बाग्लुङ पुग्ने र जिल्लामा आयोजना हुने अभियानको कार्यक्रम सहभागी हुनुहुने छ ।

‘जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत पहिलो चरणमा भदौ १० देखि २४ गते बीपी जयन्तीका दिन सम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुनेछ ।

कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरू हुनुभन्दा दुई दिन अगावै सम्बन्धित जिल्ला पुगेर अभियानलाई सफल बनाउन निर्देशन गरेको छ । केन्द्रीय प्रतिनिधिहरू सम्बन्धित जिल्लामा कम्तिमा पाँच दिनसम्म कार्यक्रमहरूमा सहभागी हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता