Logo

समाजसेवी तथा ब्यावसायी कार्की ले पाए यति ठुलो जिम्मेवारी



काठमाण्डौं,भदौ ७ । रोटरी क्लब अफ पाटन हेरिटेजको चार्टर प्रिजेन्टेशन सम्म्पन्न भएको छ ।आइतबार होटल हिमालयमा आयोजित एक कार्यक्रमबीच चार्टर प्रिजेन्टेसन गरिएको हो । उक्त कार्यक्रममा ब्यावसायी तथा समाजसेवी गणेश कार्कीलाई क्लबको चार्टर प्रेसिडेन्ट हस्तान्तरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि रोटरी डिष्ट्रिक्ट गभर्नर जितेन्द्रबहादुर राजभण्डारीले चार्टर हस्तान्तरण गरेका हुन् ।

कार्की मेरिशसको बांणिज्य दुत हुनुहुन्छ भने लघु बित्त ब्यावसायी र अन्य सामाजिक कार्यमा पनि सकृय रहनु भएको छ ।

अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरीमा लाग्न पाउँदा खुसी लागेको अध्यक्ष कार्कीले बताए ।

रोटरी क्लब अफ पाटन हेरिटेजलाई डिष्ट्रिक्टमा स्वागत गर्दै गभर्नर राजभण्डारीले सामाजिक क्षेत्रमा उत्कृष्ट काम गर्न सुझाव दिए । क्लबको प्रेसिडेन्ट इलेक्टमा सोनु शाक्य बज्राचार्य रहेकी छन् । रोटरी क्लब अफ बानेश्वरले क्लबलाई स्पोन्सर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता