Logo

‘एकादेशका बाँदर’ र ‘पर्खाल’ उपन्यास बिमोचन



काठमाण्डौं,भदौ ७ । पूर्व महान्यायाधिवक्ता प्रा.डा.संग्रौला र नेपाल सरकारका पुर्व सचिव डा गोबिन्द प्रसाद कुसुम द्धारा लिखित पुस्तक बिमोचन भएको छ ।

सोमबार काठमाण्डौको अल्फबिटा हाउसमा एक समारोह बिच डा संग्रौला द्धारा लिखित ‘एकादेशका बाँदर’ र डा कुसुम द्धारा लिखित ‘पर्खाल’ उपन्यास पुस्तकको बिमोचन भएको हो ।

पुस्तकका बिषयमा चर्चा गर्दै डा संग्रौलाले भन्नु भयो ” मैले यो चालिस पचास बर्ष देखी सिंह दरबारका महानायकहरुले अब सम्पूर्ण देशका समस्या सिद्धिन्छन भनेको सुन्दासुन्दा हेर्दाहेर्दा मेरा दिमागमा एउटा कुरा आयो मेरो प्रस्तवना थियो त्यै प्रस्तावना मेरो दिमागमा यो मैले आफ्नो पुस्तकको पेज नम्बर १२४ मा जस्ताको तस्तै यो उपन्यासमा राखेको छु । ”
त्यस्तै डा कुसुमले “यो पर्खाल लेख्ने क्रममा मैले बिशेषत:तिन चार कुरालाई ध्यानमा राखेको छु । एउटा समय ४६ साल अगाडिको समय छ ,अर्को समय ४६ पछीको समय छ । यो दुइटा समयको बिचको समयको अन्तरमा सामाजिक,राजनितिक र आर्थिक परिवेशमा के फरक छ ? घटनाक्रमले त्यसलाई देखाउने दर्शाउने प्रयास गरेको छु । ”

ब्लिकेसनका अध्यक्ष प्रकाश बहादुर केसीको अध्यक्षतामा आयोजित पुस्तक विमोचन कार्यक्रममा लेखकद्वय संग्रौला, पूर्व गृहसचिव कुसुम, साहित्यकार बिन्दु अधिकारी र कानुनका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

एकादेशका बाँदर उपन्यासको मुल्य ४५० रहेको छ भने पर्खाल उपन्यासको मुल्य ५०० रहेको छ । पुस्तकलाई लेक्स एण्ड जुरिश पब्लिकेसन प्रालीले प्रकाशनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता