Logo

लिम्पियाधुरा, लिपुलेक र कालापानी कसको हो बोल्ने हिम्मत छ : ओली अध्यक्ष नेकपा एमाले



काठमाण्डौं,भदौ ६ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार देशद्रोही र राष्ट्रघाती भएको बताएका छन् । पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले बोल्दै ओलीले नागरिकता विधयेक जस्ताको त्यस्तै पारित गरी गठवन्धन सरकारले देशद्रोही गरेको बताएका हुन् ।

‘केही पाखुरेहरू जम्मा भएर, पाखुरा देखाएर, राष्ट्रपतिले विचार गर भनेर पठाएको नागरिकता विधेयक जस्ताको त्यस्तै पास गर्ने, संसदमाथि कत्रो हस्तक्षेप, हाम्रो बहुमत छ भनेर अन्याय गर्ने रु’ उनले भने ।

गठबन्धनका सात नेताहरू एकातिर भए पनि नेपाली जनता एमालेतिर भएको दाबी गरेका उनले लिम्पियाधुराको विषयमा सरकारले भारत रिसाउँला भनेर केही नबोलेको आरोप लगाए ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्दै ओलीले आफुहरुले समेटेको लिम्पियाधुरा, लिपुलेक र कालापानी कसको हो रु बोल्ने हिम्मत छ रु आफूलाई क्रान्तिकारी भन्ने प्रचण्डलाई बोल्ने हिम्मत छ ? ’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता