Logo

पोर्चुगल उड्न ठिक्क परेकी प्रमिलाले नेपालकै अग्लो पुलमा गएर किन हामफालिन ?



काठमाण्डौं,भदौ ४ । पछिल्लो केही समयदेखि निकै तनावमा रहेकी थिइन् बाग्लुगं नगरपालिका १४ की वर्ष ३३ की प्रमिला अखेली ।

दुई नाबालिग छोरासँगै र सासु ससुरासँग एकसाथ बस्दै आएकी प्रमिलाले मंगलबार आफन्त र बाग्लुगंको कैयाबासीहरुसबैलाई रुवाएर बाग्लुगं कुश्मा जोड्ने नेपालकै अग्लो पुलबाट फदालेर सँधैका लागि बिदा भइन् ।

बढेको कालीगडकी नदिमा फदालेकी प्रमिलाले पुलमा जानु अघि नै फेसबुकमा तस्विर पोस्ट गर्दै अन्तिम सोमबार भनेर लेखेकी छिन् ।

साउन महिनामा माछा मासु बारेकी उनले साउनको अन्तिम दिन भने छोराहरुलाई मासु पकाएर खुवाएर आँफु बिदा भइन् । उक्त दिन प्रमिलाले मासु पकाएर छोराहरुलाई पेटभरी खानु समेत भनेको स्थानियहरु बताउँछन् ।

प्रमिलाले भित्र – भित्रै योजना बनाएर त्यो दिन मासु पकाएको एक स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा रुँदै भनिन् । ‘यती राम्रा मुटुका टुक्राजस्ता छोरालाई छाडेर कसरी जान सकेकी अर्की स्थानीयले रुँदै भनिन् अब ५ – ६ महिना पछि पोर्चुगल उड्ने तयारी थियो हे दैव यो तिमीले के गर्यौँ ।’

पछिल्लो केही समयदेखि सासु ससुराहरुसँग घरमा मन मुटाव भइरहेको अवस्थाकाबिच तनावमा रहेकी प्रमिलाले यो कदम चाल्नु अघि नै एउटा नोट लेखेका प्रहरीले जनाएको छ । उनले ३ पाना लामो सु,सा इट नो ,टमा देउरानी, पति र ससु्राका बारेमा लेखेको प्रहरी बताउँछ । बाग्लुगंका एसपी दयानिधी ज्ञवालीका अनुसार अहिले पनि इन्सपेक्टरको कमाण्डमा शव खोज्ने काम भइरहेको छ ।

प्रमिलाले बाग्लुगं कुश्मा जोड्ने नेपालकै अग्लो पुलबाट फदाल्नु अघि चप्पल र सल समेत पुलमा छाडेको एसपी ज्ञवालीले जानकारी दिए । एसपी ज्ञवालीका अनुसार अहिले कालीगण्डी नदिमा खोज्ने काम भइरहेको छ ।

प्रमिलाका पति लामो समयदेखि वैदेशिक रोजगारीमा छन् । प्रमिला पनि ५ – ६ महिनजापछि उड्ने तयारीमा थिइन् । उनी पनि पति भएकै देश पोर्चुगल जाने तयारी गरेकी थिइन् । तर उनले चालेको कदमले सबैलाई स्तब्ध बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता