Logo

होटल एलिस द अन्डर इन सञ्चालनमा आउँदै



काठमाडौं,भदौ २ । होटल एलिस द अन्डर इन सञ्चालनमा आउने भएको छ ।

इमजिङ्ग नेपालको लगानीमा निर्र्माणकार्य भईरहेको होटल एलिस आगामी महिनादेखि सञ्चालनमा आउने भएको हो ।

कर्णाली प्रदेशको हुम्ला जिल्ला सिमिकोट स्थित निर्माण भएको होटल होटल एलिस ख्यातिप्राप्त धार्मिक स्थल मानसरोवर जाने प्रवेशद्धारमा पर्दछ ।
हुम्ला आफैमा पर्यटकीय स्थल रहेकाले पर्यटनको लागि रमणीय स्थलहरु रहेका छन् । पर्यटकीय दृष्टिकोणले निकै नै रमणीय रुमामा रहेकोले आन्तरिक तथा बाह्य पर्यटकको लागि अति नै लोभलाग्दो दृष्य रहेको छ ।

होटलले आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि विभिन्न ट्राभल एजेन्सीहरु मार्फत व्यक्तिगत, कर्पाेरट प्याकेज सहितको सेवा प्रदान गर्ने जनाएको छ ।
मानसरोवर जाने तिर्थयात्रीहरुको लागि हुम्लाको सिमिकोट प्रवेशद्धार भएकाले धार्मीक पर्यटन प्रबद्र्धनमा होटलले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको जनाएको छ ।
होटल पर्यटन र पारिवारिक जमघटको लागि अती उपयुक्त र रमणीय वातावरणमा सञ्चालन भएकाले पर्वतीय पर्यटन विकासमा कोसेढुंगा हुने होटलले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता