Logo

पेरिसडाँडामा प्रचण्ड र बाबुरामको मुस्कान, मिसिए नारायणकाजी र महिन्द्र



काठमाडौं, ३१ साउन । सात वर्षपछि डा. बाबुराम भट्टराई नेकपा (माओवादी केन्द्र) को पार्टी मुख्यालय पेरिसडाँडामा पुगेका छन् । आगामी मंसिर ४ गतेको निर्वाचनमा भट्टराई नेतृत्वको दलले माओवादी केन्द्रको चिन्हबाट चुनाव लड्ने भएको छ ।

यसको लागि आज दुवै दलले आयोगमा संयुक्त रुपमा दल दर्ता गराएका छन् । उता, दुवै दलका प्रतिनिधिहरु आयोगमा दल दर्ताको लागि पुग्दा यता माओवादी केन्द्रीय कार्यालय, पेरिसडाँडामा भने प्रचण्ड, बाबुराम, नारायणकाजी र महिन्द्रराय यादव छलफलमा जुटेका थिए ।

उक्त भेटवार्तापछि प्रचण्डले चुनावअघि नै पार्टी एकता संयोजन समिति गठन गरिने खुलासा गरे । उक्त समितिमा माधव नेपालसमेत सहभागी हुने दाहालको खुलासा छ । पेरिसडाँडामा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भनेका छन्,”चुनावअघि नै पार्टी एकता संयोजन समिति बन्छ । बाबुराम र प्रचड सँगै उभिने कुराको ठूलो अर्थ छ, अब हामी सँगै उभियौं । कसैले रोकेर रोकिन्न । आजै पार्टी एकता भएको होइन । तर, चुनावपछि हुन्छ । हामी माधवजीहरुसँग पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौं । पार्टी एकता चुनावपछि हुन्छ । नाम परिर्वन भएर नेकपा समाजवादी वा त्यस्तै केही रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता