Logo

बन्चरे डाँडामा फोहर फाल्न नदिने काँग्रेस एमाले नेतालाई हतकडी लगाउँदै मेयर बालेन



काठमाण्डौं,साउन ३१ । बञ्चरे डाँडामा फोहोर फाल्न नदिने घोषणा गर्दै वक्तव्य निकाल्ने सत्तारुढ दलका ३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी परेको छ ।

धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए ।

उनीहरु ३ जना विरुद्ध फोहोर बोकेको ट्रक तोडफोड गरेको/गर्न लगाएको भन्दै ट्रक धनीहरुले उजुरी दिएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।

सत्ता गठबन्धनक कार्यकर्ताले अवरोध गरेका छन्।  फोहोर बोकेर गएका गाडीहरु रोकिएपछि सहमतिको प्रयास भएपनि अहिलेसम्म संभव नभएको प्रवक्ता मानन्धरले बताए।

आइतबार राजनीतिक दलहरुले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए। त्यसपछि आज फोहोर लिएर गएका कुनै गाडीले पनि फोहोर फाल्न पाएका छैनन्।

धादिङको धुनिबेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेका थिए।

करिब ७५ दिनदेखि काठमाडौंको फोहोर उठ्न नसकिरहेको अवस्थामा सधैँका लागि फोहोर फ्याँक्न नदिने घोषणा उनीहरुले गरेका छन्।

उनीहरुले १७ वर्षदेखि काठसहितका नगरपालिकाको फोहोर धादिङ र नुवाकोटको सिमाना सिसडोल र पछिल्लो समय कुडुल्ले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फ्याँकिने गरेको पनि बताएका छन्।

स्थानीयबासिन्दाको जनजीवन ज्यादै कष्टकर हुनुका साथै दीर्घ रोगले स्थानीयवासीहरु पीडित भइरहँदा पनि मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने फोहोरको उचित व्यवस्थापनमा महानगरसहित संघीय सरकारले चासो नदिएको उनीहरुले बताएका छन्।

यता काठमाडौंका मेयर बालेन शाहले भने बञ्चरेमा गलत कसरत हुँदै गरेको भन्दै गुनासो गरेका छन्। ‘दुई अवरोध हटाउनेबित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको भन्ने जानकारी पाएका छौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वास्तवमै त्यो कसरत हो भने त्यो विडम्बनापूर्ण हुनेछ।’

उनले बञ्चरे डाँडामा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरू बनिसकेको बताउँदै अब अर्को कुनै बहानामा अवरोध गर्न नहुने बताए। भूमि अधिग्रहण तथा संरचना निर्माण र प्रभावितहरूले पाउने सुविधा तथा मुआब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको उनले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता