Logo

अन्तत: बञ्चरेडाँडावासीले लिए आन्दोलन फिर्ता ,काठमाडौंको फोहोर लैजान दिने



काठमाण्डौं,साउन ३० । बञ्चरेडाँडा–सिसडोलका स्थानीयबासीले अन्तत : आन्दोलन फिर्ता लिएका छन् । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको उक्त स्थानका बासिन्दाले भदौ १ गते देखि गर्ने भनिएको आन्दोलन फिर्ता लिएका हुन् ।

सरकारले स्थानीयवासीले दिएको समय सिमा अगावै सरकारले प्राविधिक परामर्शदातासहितको समिति गठन गरेको जानकारी दिएपछि बञ्चरेडाँडामा फोहोर लैजान पदने निणर्य भएको हो ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले सहरी विकास मन्त्रालयलाई सम्झौता कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

तीन महिनाभित्र समस्या समाधानको संयुक्त प्रतिवेदन मन्त्रिपरिषदमा पेस गर्ने निर्णय गरेसँगै संघर्ष समितिले आन्दोलन फिर्ता लिएको जानकारी दिएको हो ।

समितिले अबको तिन महिना प्राविधिक समितिलाई सल्लाह सुझाव दिने तथा उनीहरूलाई सहयोग गर्ने समेत बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता