Logo

ग्रिनफिल्डलाई दोहोरो सफलता



काठमाण्डौं,साउन ३० । आयोजक ग्रिनफिल्डले नवौं ग्रिन्फिल्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो सफलता हात पारेको छ । ग्रिनफिल्डको सिनियर र जुनियर दुवै ब्वाइज टोलीले जित हात पारे ।

सिनियरमा ग्रिनफिल्डले काठमाडौं भ्यालीलाई ४३–३५ ले पराजित ग¥यो । ग्रिनफिल्डका सशांक कार्कीले १८ अंक जोडे । जुनियरमा अंकित सुनारको ९ अंक सहयोगमा ग्रिनफिल्ड ‘ए’ ले नेरिकलाई १८–१२ ले हरायो ।

सिनियर ब्वाइजको अन्य खेलमा नेरिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १९–१०, किङडम हिमालयले हेम्सलाई ६४–५२, महामञ्जुश्रीले पुष्प सदनलाई ३३–२० र काठमाडौं जेभियरले एलआरआईलाई ३०–१७ ले पाखा लगाए ।

जुनियर ब्वाइजमा एन्जल्स हार्टले इबीएलाई १६–८, संस्कृतिले ग्रिनफिल्ड ‘बी’ लाई १२–१० र महामञ्जुश्रीले हिमालयनलाई १४–११ ले पन्छाए । सिनियर गल्र्समा संस्कृतिले ग्रिनफिल्डलाई २२–१० तथा काष्ठमण्डपले हेम्सलाई २४–१३ ले पराजित गरे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता