नेपाली साहित्य, सञ्चार र समाज सेवामा समर्पित ब्यक्तित्वहरु सम्मानित
काठमाण्डौ,साउन २८ । एन एन्ड जे इन्टरटेन्मेन्ट एन वाइ इन्कले नेपाली साहित्य, सञ्चार र समाज सेवामा समर्पित ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । शनिबार प्रज्ञा-प्रतिष्ठानको लेखखनाथ सभाहलमा आयोजित ‘पुरस्कार समर्पण समारोह’ को आयोजना गरी सम्मान गरेको हो ।
प्रज्ञा-प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापति संस्थाकी संस्थापक संरक्षक साहित्यकार कमला प्रसाई ले गर्नुभएको थियो ।
“कमला प्रसाइँ साहित्य साधना पुरस्कार २०७९” बाट कृष्ण प्रधान (बरिष्ठ निबन्धकार एवमं प्रख्यात हाँस्यब्यङ्यकार ), माया ठकुरी ( प्राज्ञ,नेपाल प्रज्ञा-प्रतिष्ठान,बरिष्ठ आख्यान्कार ), प्राध्यापक डा. गार्गी शर्मा (बरिष्ठ साहित्यकार),
कमला प्रसाइँ संगीत साधना पुरस्कार २०७९” बाट ओम बिक्रम बिष्ट (बरिष्ठ गायक,नेपाली पप गीतका प्रणेता )लाई प्रदान गरियो ।
“स्व. र्याप सम्राट यमबुद्द पुरस्कार २०७९”बाट बालेन साह ( नगरप्रमुख कामपा ) लाई प्रदान गरियो ।
“स्वर्गीय अर्जुन प्रसाद प्रसाईं लोकप्रिय युवा नेता पुरस्कार २०७९” बाट हर्क शाम्पाङ राई ( मेयर धरान उपमहानगरपालिका ) लाई प्रदान गरियो ।
“श्री नारायण जयन्ता प्रसाईं नेपाली वेभ जर्नालिजम पुरस्कार २०७९” बाट मणी राम दाहाल (पुर्वेली न्युज डटकम) र विश्वराज थापा (इ नेप्लिज डटकम ) लाई प्रदान गरियो ।
“कबिन विक्रम शाह समाजसेवा पुरस्कार २०७९” बाट बिष्णु गौतम (लक्ष्मी प्रतिष्ठान) र सरु सुबेदी (तुलसा देवी हरिहर फाउण्डेशन ) लाई प्रदान गरिएको छ । सम्मानितहरुलाई प्रमुख अथिति कुलपति उप्रेतीले सम्मान पत्र सहित नगद रु २५ हजार प्रदान गर्नु भयो ।
प्रमुख अतिथी उप्रेती ले प्रवासमा रहेर पनि देश र देशमा रहेका श्रष्ठाहरुलाई गरेको यो सम्मान अतुलनिय रहेको उल्लेख गर्नु भयो । सानै उमेरमा पनि आमाकै सिको गरी आफ्नो श्रोत जोगाएर राखेको रकमले सम्मान गर्ने प्रसाई को छोरा कबिन बिक्रम शाहलाई प्रशंसनीय कार्य गरेकोमा बधाई दिनु भयो ।
त्यस्तै संस्थापक कमला प्रसाईले “प्रवासमा रंहदा पनि मातृभूमी र साहित्यमा कलम चलाउन नछोडेकै कारण प्रत्यक २ बर्षमा आउँदा यसरी साहित्यकारहरु सँग साक्षात्कार गर्ने अवसर जुटोस बाँचुन्जेल यहीमाटोको लागि कलम र यसरी नै सम्मान गर्न पाउँ । कार्यक्रममा सहभागी भएर हौसला बढाई दिएकोमा सबैप्रति आभार एवमं धन्यवाद ब्यक्त गर्नु भयो ।
त्यस्तै अतिथीहरुमा फणीन्द्र पाठक ( पुर्व राजा ज्ञानेन्द्र शाहका स्वकिय सचिव ),पुष्प राज पुरुष (धार्मिक गुरु ),देवकी अभिलासी (उर्वरा फाउण्डेशन नेपाल ), कबिन बिक्रम शाह (पुरस्कार संस्थापक एन एण्ड जे फाउण्डेशन) लगायत अन्य साहित्यनुरागीहरुकोको उपस्थिती रहेको थियो ।