Logo

यस्तो छ ‘प्रेमगीत ३’ फिल्मको हिन्दी टिजर



काठमाडौँ । नेपाल र भारतमा एकैदिन प्रदर्शन तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणको टिजर ट्रेलर रिलिज भएको छ ।

भारतीय फिल्म समीक्षकहरुले शनिबार बिहानै सामाजिक सञ्जालमार्फत टिजर रिलिज गरेका छन् । टिजरले मुख्य पात्र प्रेम (प्रदीप खड्का)को चरित्रले गीत वा राजगद्दीमध्ये एक चुन्नुपर्ने बाध्यतालाई दर्शाइएको छ ।

१ मिनेट लामो टिजरमा प्रदीपलाई पर्याप्त स्थान दिइएको छ । टिजरमा प्रेम र रोमान्सका दृश्यभन्दा द्वन्द्वलाई प्राथमिकता दिएको छ । प्रेमगीतको ब्रान्ड भ्यालु चाहिँ रोमान्स नै हो । हिउँले भरिएको मुस्ताङी दृश्य आकर्षक छन् ।

टिजरमा प्रदीपबाहेक कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा आदि पनि अटाएका छन् । छेतेन गुरुङ र सन्तोष सेन निर्देशित फिल्म नेपाल र भारतमा असोज ७ गते रिलिज तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता