Logo

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ



भक्तपुर,साउन २६ । भक्तपुर नगरपालिका–९ भाने चोकस्थित धन बहादुर राईको टहरामा तास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई बुधबार पक्राउ गरिउको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६० हजार १ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरमा एम्बुलेन्सको ठक्करबाट नमुनाको मृत्यु, एम्बुलेन्स चालक फरार :

मकवानपुरको मनहरी गाउँपालिका–९ खरङगामा आज बिहान एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पैदलयात्री संखुवासभा घर भएकी ५२ वर्षीया नमुना शेर्पा रहेकी छिन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता