नेपाल बैंकका हाकिम ५० लाख रुपैयाँ नगद लिएर फरार

काठमाण्डौं,साउन २३ । नेपाल बैंक लिमिटेड बर्दिया गुलरिया शाखाका प्रबन्धक धबेन्द्र न्यौपाने ५० लाख लिएर फरार रहेका छन् । रकम हिनामिना गरी सम्पर्कविहीन भएका उनलाई केन्द्रीय कार्यालयले निलम्बन गरी छानबिन प्रक्रियालाई बढाएको छ ।
बैंकमा खाता रहेका विभिन्न व्यक्तिको नामबाट रकम निकालेर श्रीमतीको नाममा बाहिर लगेको करिब ५० लाख रकमबारे सूचना बाहिर आएको बुझिएृको छ । कालिकोट तिलगुफा नगरपालिका–५ का ३२ वर्षीय न्यौपानेले प्रयोग गर्दै आएका मोबाइल स्विच अफ छ ।
रकम हिनामिना गरेको सूचना पाएपछि काठमाडौंबाट छानबिन गर्न अनुसन्धान टोली जानुअघि सम्पर्कविहिन भएका न्यौपानेले यति रकम हिनामिना गरेका थिए भन्ने विषयमा अनुसन्धानको लागि खटिएको टोली फर्किएपछि मात्रै भन्न नेपाल राष्ट्र बैंकले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियामा न्यौपाने सम्पर्कविहीन भएको भन्दै जाहेरी परेपछि अहिले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।