Logo

गठबन्धन अझै बलियो र सशक्त भएर देशभर चुनावी माहोलमा होमिन्छ – अब्दुल सत्तार (नेता नेका )



काठमाण्डौं,साउन १९ । सरकारले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रदेश र संघको एकै चरणमा निर्वाचन सम्पन्न गर्ने सरकारले निर्णय गरेको हो । निर्णय पश्चात बिभिन्न राजनीतिक दलका नेताहरुले स्वागत गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन । चुनाव घोषणाको निर्णय स्वाभाविक र अपेक्षित भएको अध्यक्ष ओलीको टिप्पणी छ । त्यस्तै नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य अब्दुल सत्तारले पनि सरकारको निर्णयको स्वागत गर्दै आफ्नो पार्टिले लिएको यस कदमलाई समय सापेक्षरुपमा लिएको बताउनु भएको छ । हामीले स्थानिय चुनाव सक्यौं अब संघ र प्रदेशको चुनावी तयारीमा जुट्नु छ ।

एक प्रश्नको उत्तरमा वहाँ ले भन्नु भयो ” पार्टी भित्र गहन छलफल भएर नै यो निर्णयमा पुग्ने निधो गरिएको हो । अब गठबन्धन अझै बलियो र सशक्त भएर देश भर चुनावी माहोलमा होमिन्छ । पहिलो पार्टी त्यसमा पनि पूर्ण बहुमतको पार्टी बनाएर सही प्रजातान्त्र र लोकतन्त्रको रक्षक बनाउने छ । ” गोरखाको राजनीतिमा बिगतमा जे जस्ता घटना घटे पनि यसपटक भने सबै बिमती छोडेर एक ढिक्का हुनेमा विश्वस्त छु । भन्नु भयो

त्यस्तै आज निर्वाचन आयोगले पनि पत्रकार सम्मेलन गरेको छ । सरकारले आयोगलाई १०८ दिनको समय दिएर चुनाव घोषणा गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आयोगको सुझावमा केही हेरफेर भएपनि फरक नपर्ने बताउँछन् । ‘मददाता नामावली दर्ता प्रक्रिया भोलिदेखि नै स्थगन गरेर दर्ता भइसकेका मतदाताहरुको नामावली ६ हजार ७५३ वडा कार्यालयमा सार्वजनिक गर्ने प्रक्रिया सुरु हुन्छ’ थपलिया भन्छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता