Logo

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको पदावधि मंसिर २१ गते सकिने



काठमाण्डौं साउन १९  । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको पदावधि मंसिर २१ गते सकिने बताएका छन् ।

बिहीबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले आयोगले सरकारलाई दिएको लिखित परामर्शमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि २१ मंसिरमा सकिने उल्लेख गरेको बताए ।

‘आयोगले आफनो सिफारिस पेश गर्दा संविधानमा भएको व्यवस्था र निर्वाचन कानुनमा निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुन्छ भन्ने व्यवस्था भएकाले त्यसैलाई टेकेर आउँदो मंसिरको २१ गते पदावधि सकिन्छ भनेर हामीले लिखित रपमा पेश गरेका थियौं’ उनले भने, ‘आयोगले ५ पेजको डकुमेन्ट परामर्शको रुपमा पेश गरेको छ आयोग के ठान्दछ भने नेपाल सरकारले त्यो दस्तावेजलाई स्वीकार गरेको छ ।’

प्रमुख आयुक्त थपलियाले निर्वाचनमा सबै उम्मेदवारलाई समान अवसर र समान खेलमैदान हुनुपर्ने आफूहरुको मान्यता रहेको बताए । त्यस अनुसार ४ मंसिरको चुनावमा उम्मेदवारी दिएपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि स्वतः समाप्त हुने व्यवस्था गर्ने पनि बताए ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता