Logo

ट्रिटनलाई क्रिकेट उपाधि



काठमाण्डौ,साउन १९ । ट्रिटन इन्टरनेसनल कलेजले इन्टरेक्ट च्यारिटी खुला टी–१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । उपाधिसंगै ट्रिटनले ५० हजार नगद पुरस्कार पायो ।

हात्तीवनस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीमा भएको फाइनलमा ट्रिटनले जेएमडीलाई २५ रनले पराजित ग¥यो । ट्रिटनले निर्धारित १० ओभरमा ११५ रन जोडेको थियो । जेएमडी ९० रनमा समेटियो । ट्रिटनका दीपेन्द्रसिंह ऐरी ‘म्यान अफ द म्याच’ घोषित भए ।

ट्रिटनका अमित श्रेष्ठ ‘म्यान अफ द सिरिज’ ट्रिटनकै रवि शाह उत्कृष्ट ब्याट्सम्यान र जेएमडीका सुमित झा उत्कृष्ट बलर चुनिए । चारदिने प्रतियोगितामा १२ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता