Logo

मन्त्रिपरिषद बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुन सक्ने



काठमाण्डौ,साउन १९ । संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि आज मन्त्रिपरिषदको बैठक बस्दै छ। आज दिउँसो १ बजे बस्ने मन्त्री परिषद बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्न सक्ने सम्भावना रहेको छ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका थिए।

त्यस सुझावका आधारमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद बैठकमार्फत प्रदेश र संघको निर्वाचन तोक्नेसक्ने एक मन्त्रीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता