रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’को फारम खुल्ला

काठमाण्डौ,साउन १९ । आगामी असोजको अन्तिम साता काठमाडौंमा आयोजना हुने ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’को फारम भर्ने समय साउन १५ देखि साउन मसान्तसम्मलाई निर्धारण गरिएको छ ।समय अवधिभित्र फारम भरेर ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’मा भाग लिन गीत, संगीतका विभिन्न बिधामा आबद्ध सम्पुर्ण कलाकारहरुमा आयोजक संस्थाले आव्हान गरेको छ।
आयोजक संस्था कर्णाली कलाकार समाजले बिगतमा पनि यस्तै अवार्ड, महोत्सव, सांस्कृतिक कार्यक्रम काठमाडौ लगायत देशका बिभिन्न जिल्लामा सम्पन्न गरिसकेको छ।
अवार्डमा निर्णायक मण्डलको सहि मुल्यांकन एस.एम.एस.भोटिङबाट आएको मतलाई ४० प्रतिशत मान्यता दिइने छ, ५०प्रतिशत निर्णायक मण्डलको र १०प्रतिशत आयोजकको निर्णय रहने संस्थाका मोहन रोकायाले जानकारी गराएका छन् ।
कार्यक्रममा सहभागी हुन ईच्छुक उपत्यका बाहिर रहनु भएका श्रष्टाहरुले आफ्नो गीतको लिङ्कसंगै फारम चार्ज ई सेवा मोवाईल बैंकिङबाट पठाएर ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’मा भाग लिन सकिने छ ।