Logo

“कन्हैया अन्जना राष्ट्रिय संगीत पुरस्कार २०७९” प्रसिद्ध गीतकार विश्व बल्लब लाई प्रदान



काठमाण्डौं,साउन १८ । प्रसिद्ध गीतकार तथा रेडियोकर्मी विश्व बल्लब लाई “कन्हैया अन्जना राष्ट्रिय संगीत पुरस्कार २०७९” प्रदान गरिएको छ । बुधवार नाचघरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथक  ले ५१ हजार नगद सहित दोसल्ला र सम्मान पत्र प्रदान गर्नु भयो ।

“तिमी बादल, मेरो माया तिम्रो, सपनीमा रुवाउँछौ, गोर्खाली, धेरैदिन भो तिम्रो झझल्को ” जस्ता थुप्रै गीतका गीतकार हुन्  विश्व बल्लभ । नेपाली सुगम सङ्गीतको विकासमा अनवरत रुपमा योगदान दिदै आएका व्यक्तित्व भएको उल्लेख गर्दै बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा वहाँको प्रशंसा गर्नुभयो ।

प्रमुख अतिथि अथकले जीवनकाल भर गीतसङ्गीतको माध्यमबाट देशलाई योगदान दिने व्यक्तित्वलाई सम्मान पत्रदिन पाउँदा ज्यादै खुशी लागेको बताउनु भयो ।

त्यस्तै कार्यक्रम निर्देशक चर्चित सङ्गीतकार सन्तोष श्रेष्ठले श्रस्टाको सम्मान गर्नु हामी सबैको दायित्व रहेको भन्नु भयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै पुरस्कार स्थापनाका गायक तथा संगीतकार कन्हैया सिंहले प्रमुख अतिथि लगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । त्यस्तै मोडेल अपेक्षा सिंहले नृत्य प्रस्तुत गरेकी थिइन् भने  गाायिका माण्डवी त्रिपाठी र जमुना शर्माले गीत गाउनु भएको थियो ।

कार्यक्रमको प्रमुख सल्लाहकारमा विशिष्ट संगीतकार तथा सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बासकोटा, विशेष सल्लाहकार संविधानविद् डा. भीमार्जुन आचार्य (गायक अर्जुन मिलन), मानार्थ सल्लाहकार विशिष्ट लोकगायिका चन्द्रकला शाह (शाहलाई यसअघि कन्हैया-अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरिएको थियो) , त्यस्तै पुरस्कार समितिको अध्यक्षमा टिकागोपाल एम्. क्रियशनकी गीता सिंह, कार्यक्रम निर्देशक चर्चित सङ्गीतकार सन्तोष श्रेष्ठ, सदस्यसचिव चलचित्र निर्देशक माधब राज खरेल र सदस्यहरुमा मोडल अपेक्षा सिंह, नायक श्रीदेव भट्टराई, संचारकर्मी कमला जोशी, निर्देशक तथा कवि हेम प्रभाष र अनुप सिंह रहेका छन् ।

कन्हैया सिंह परियार नेपाली गीत सङ्गीतको क्षेत्रमा झण्डै तिन दशकदेखी सक्रिय गायकको रुपमा परिचित छन् भने अन्जना गुरुङ पाश्व गायन तथा नेपाली गीति गायनको क्षेत्रमा चर्चाको शिखरको रुपमा रहेकी गायिका हुन् । नेपाली सांगीतिक आकाशमा आदर्श जोडीको छवि बनाएका यस जोडीले गत वर्ष देखी नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्याएका एक जना संगीतकर्मीहरुलाई नगद राशी सहित सम्मान गर्दै आएको छ । गत वर्ष कन्हैया सिंह राष्ट्रिय सङ्ंगीत पुरस्कारको नामबाट आयोजित यस पुरस्कारको नामलाई संशोधन गर्दै यस वर्षबाट कन्हैया अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार बनाईएको कार्यक्रम संयोजक श्रेष्ठले बताए । गतवर्ष बरिष्ठ लोक गायिका चन्द्रकला शाहलाई यो पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता