Logo

नेपाल भलिबल संघको केन्द्रिय अध्यक्षमा मास्केको उम्मेदवारी घोषणा



काठमाण्डौं,साउन १८ । नेपाल भलिबल संघको केन्द्रिय अध्यक्षमा निरोज मास्केले उम्मेदवारी घोषणा गरेकी छिन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै संघकी वर्तमान उपाध्यक्ष मास्केले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । नेपाली भलिबलमा सुशासन, जनसहभागिता र व्यवसायीकता भन्ने नाराका साथ उनले भलिबलको विकास र विस्तारका लागि समन्वय, सहकार्य, साझेदारी, संस्थागत सुदृढिकरण र सदस्या वृद्धि जस्ता एजेण्डालाई अघि सारेकी छिन् ।

उनले भलिबल विकासका पाँच पमा आफ्नो प्रतिबद्धता व्यक्त गर्दै प्रशिक्षण, प्रतियोगिता, पूर्वाधार, प्रोत्साहन र प्रशासनीक सुधारका कार्यक्रमलाई अघि सारेकी छिन् । उनले ग्रासरुटदेखि विभिन्न तहको भलिबल टिम निर्माण गर्ने, सोही अनुसारको कार्यक्रम गर्ने, काठमाडौं सहित देशभरका हरेक प्रदेशमा भलिबलको भौतिक संरचना बनाउने, खेलाडीलाई मासिक सेवा सुविधा उपलब्ध गराउने र संघको प्रशासनलाई व्यवस्थित गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा संघका पूर्व अध्यक्षहरु दानबहादुर तामाङ, गंगाबहादुर थापा, प्रकाश थपलिया तथा सुदुरपश्चिम प्रदेशका खेलकुद परिषद्का सदस्य सचिव दिपक सिंह, प्रदेश एकका खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्ले सहित संघका पदाधिकारीले मास्केलाई उम्मेदवारीका लागि शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता